
हराईरहेका दाङको बबई गाउँपालिका वडा नं. १ का २१ वर्षका चेतबहादुर सिजालीकोे खोजी गरिदिन उनका दाई डम्बर बहादुर सिजालीले अनुरोध गर्नुभएको छ । गत जेठ ५ गते भारतको सिलिगुडी बाट घर जान भनेर हिडेका चेतबहादुर सिजाली अहिले सम्म परिवारको सम्पर्कमा नआएकाले खोजी गरिदिन उनका दाईले सबैमा आग्रह गर्नु भएको छ । बबई १ गंगटेका उनी भारतबाटै बेपत्ता भएको परिवारले आशंका गरेको छ ।
गहु गोरो वर्णका २१ वर्षिय सिजालीले चेक सर्ट लगाएको परिवार स्रोतले बताएको छ । उनको खाजी कार्य गरिदिन प्रहरी तथा सम्पुर्णमा अनुरोध गरिएको छ । भेटाउने महानुभावले उनका दाईको सम्पर्क नम्बर ९७४५६४६००४ र ९७४५२२८९४१ मा सम्पर्क गरि दिन अनुरोध गरिएको छ ।

