हापुरे जेष्ठ ६ गते । दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले समृद्ध बबईकाे निर्माणमा एकताबद्द भएर लाग्ने बताउनुभएको छ। बबई गाउँपालिकाकाे आयाेजनामा स्थानिय तह निर्वाचन २०७९ सालकाे निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै खत्रीले जनप्रतिनिधि सबैकाे साथ र सहयाेगले मात्रै गाउँपालिकाकाे बिकास सम्भव रहेको बताउनुभएको हाे ।

खत्रिले बबई गाउँपालिकामा रहेका सबै कर्मचारी र सबै जनप्रतिनिधिकाे र निबर्तमान जनप्रतिनिधिहरुकाे पनि रचनात्मक सहयाेगकाे अपेक्षा रहेको पनि बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का सहित ३६ जना नव निर्वाचित जनप्रतिनिधिहरुलाई लाई पालिका अध्यक्ष खत्रिले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे थियाे ।

कार्यक्रममा नब निर्वाचित अध्यक्ष उपाध्यक्षलाई पद बाहाली गरिएको थियाे भने २०७४ सालमा निर्वाचित ३७ जना जनप्रतिनिधीहरुलाइ कदरपत्रले सम्मान गर्दै बिदाई गरिएको थियाे। कार्यक्रमकाे सहजिकरण बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिस्मकुमार मल्लले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर