निर्वाचन अधिकृतको कार्यालय बबईले गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाका जन प्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित अध्यक्ष कुल बहादुर खत्री, उपाध्यक्ष बमकुमारी खड्का लगाएत ७ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गरेको हो ।

निर्वाचन अधिकृत दिनेश अधिकारीको अध्यक्षता तथ बबई गाउँपालिकाका कार्यबहाक अध्यक्ष नन्दलाल वलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष खत्रीले बबई गाउँपालिकाको बिकास र समृद्धीमा सबै एक जुट भएर लाग्ने बताउनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खड्काले जसले जुन पार्टिबाट चुनाव जिते पनि निर्वाचित भई सकेपछि सबै एउटै परिवारमा जोडिएकाले सबैले हातेमालो गरेर काम गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर