शान्तिनगर जेठ ४ शान्तिनगर गाउँपालिकाका नब निर्बाचित अध्यक्ष प्रमोद बस्नेतले आफू चुनावका बेला मतदाताका सामु गरिएका बाचा पूरा गर्ने बताउनु भएको छ । अध्यक्ष बस्नेतले विजयी ¥याली पश्चात गरिएको कोणसभामा लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अध्यक्ष बस्नेतले भन्नु भयो “शान्तिनगरमा धेरै अधुरा कामहरु गर्नु पर्ने छन ती कामहरु मेरो कार्यकालमा पूरा गर्छु । तपाईंहरु बिस्वस्त हुनुहोस चुनाव त फेरि ५ बर्षमा आउँछ अहिले मैले झुटो बोले भने ५ बर्षमा कसरी तपाईं सामु म आउने त्यो मलाई राम्रोसँग थाहा छ ।”

नवनिर्वाचित अध्यक्ष बस्नेतले आफू लाई चुनावमा हराउन ठूलो शक्ति लागेको तर त्यो सफल नभएको भन्दै वडामाहरुमा पार्टीका आधिकारिक उम्मेदवार लाई अन्तरघात गरेर जसरी हराइएको छ, तेसको सत्य तथ्य छानबिन गरि पार्टीले बाहिर ल्याउने बताउनु भयो । साथै उहाँले गल्ती गर्ने लाई कदापि छुट नहुने बताउनु भयो ।

 

नेपाली काँग्रेस जिल्ला पार्टी सभापति शंकर डाँगीले गाउँपालिकाले एउटा उर्जावान अध्यक्ष पाएको बताउदै शान्तिनगरमा बिकासले फटको मार्नेमा आफू बिस्वस्त रहेको बताउनु भयो । जिल्ला सभापति डाँगीले पार्टीका आधिकारिक उम्मेदवारहरुका विरुद्ध लाग्ने लाइ कारबाही हुने पनि बताउनु भयो । कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष प्रेमा बुढाथोकी केसी , शान्तिनगर पार्टी सभापति झलक केसी, वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष मीन बहादुर केसी, ४ वाट पराजित वडा अध्यक्षका प्रत्यासी चेतबहादुर डाँगी, ५ नम्बर वडाका निर्वाचित अध्यक्ष ओपेन्द्र रावत र ७ का अध्यक्ष तारा बहादुर ओलि लगाएतले बोल्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर