
पश्चिमदाङको बबई गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा नेपाली काँग्रेस कै बमकुमारी खड्का विजयी हुनु भएको छ । बबई गाउँपालिकामा नेपाली काँग्रसेबाट खत्री र खड्का सहित नेकपा एमालेबाट अध्यक्षपदमा भुवनेश्वर पौडेल र उपाध्यक्ष पदमा साबित्रा बिश्वकर्माको उम्मेदवार रहनु भएको थियो भने माओबादी केन्द्रबाट अध्यक्षमा भिमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीलाई उम्मेदवार उम्मेदवार रहनु भएको थियो ।
अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेलाई पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन । बबई गाउँपालिकामा ७ वटा वडा रहेका छन् । जस मध्य गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडामा नेपाली काँग्रेसले जित हात पारेकाे छ । नेकपा एमालेले ३ वटा वडामा जित हासिल गरेको छ ।


वडा १ मा नेकपा एमालेका प्रेमबहादुर डाँगीको प्यानल विजयी भएको छ भने वडा नम्बर २ मा नेपाली काँग्रेसका टेकबहादुर वलीको प्यानल विजयी भएको छ । त्यस्तै बबई गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका मानबहादुर केसी, वडा अध्यक्ष सहित २ खुल्ला सदस्य विजयी हुँदा महिला सदस्य र दलित महिला सदस्य भने नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका टेक बहादुर वलीको प्यानल विजयी भएको छ भने वडा नम्बर ५ मा नेपाली काँग्रेसका हर्कबहादुर सिरिस वडा अध्यक्ष पदमा निर्वाचित हुँदा ४ जना वडा सदस्य भने नेकपा एमालेले हात पारेको छ । वडा नं. ६ मा नेपाली काँग्रेसका राजेन्द्र बिक्रम शाहको प्यानल र वडा नम्बर ७ मा नेपाली काँग्रेसका तिलकराम भण्डारीको प्यानल विजयी भएको छ ।