स्थानिय तह सदस्य निर्वाचनको मतपरीणाम आउने क्रम जारी छ । पश्चिम दाङको बबई गाउँपालिकामा भएको निर्वाचनमा अहिले सम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भई सकेको छ । जसमा नेकपा एमालेले ३ वटा र नेपाली काँग्रेसले २ वटा वडामा जित हासिल गरेका छन् ।

बबई गाउँपालिका १ मा नेकपा एमालेका प्रेमबहादुर डाँगीको प्यानल विजयी भएको छ भने वडा नम्बर २ मा नेपाली काँग्रेसका टेकबहादुर वलीको प्यानल विजयी भएको छ ।

त्यस्तै बबई गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका मानबहादुर केसी वडा अध्यक्ष सहित २ खुल्ला सदस्य विजयी हुँदा महिला सदस्य र दलित महिला सदस्य भने नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका टेक बहादुर वलीको प्यानल विजयी भएको छ भने वडा नम्बर ५ मा नेपाली काँग्रेसका हर्कबहादुर सिरिस वडा अध्यक्ष पदमा निर्वाचित हुँदा ४ जना वडा सदस्य भने नेकपा एमालेले हात पारेको छ । बबई गाउँपालिकामा अहिले वडा नं. ६ र ७ को मत गनणा भईरहेको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदमा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर