
दाङको बबई गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेकोे पुरै प्यानलले बीजयी हासील गरेको छ । वडाको जम्मा मत १५ सय ६८ मत गनणा हुदा एमालेका तर्फबाट अध्यक्षका उमेदवार बनेका प्रेम बहादुर डाँगीले ६ सय ६८ मतले बजियी हुनुभएको छ भने उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवारले ५ सय ७८ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर २ मा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । १ हजार ५० मत गनिसक्दा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उमेदवारले ४ सय ६४ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने उहाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष पदका उमेदवारले ३ सय ३९ मत प्राप्त प्राप्त गर्नुभएको छ ।
गाउँपालिकाको २ हजार ६ सय १८ मत गनणा हुदा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेदवार कुल बहादुर केसीले १ हजार ९३ मत प्राप्त गर्नुभएको छ भने उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट भुवनेश्वर पौडेलले ८ सय ६७ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उमेदवार बम कुमारी खड्काले १ हजार २६ मत प्राप्त गर्नुभएको छ भने । भने उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट सावित्री बिश्वकर्माले ८ सय ४८ मत प्राप्त गर्नुभएको छ। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उमेदवार भिम बहादुर वलीले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष पदका उमेदवार अन्जु घर्तीले ४ सय ९५ मत प्राप्त गर्नुभएको छ।

उता गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबासमा नेकपा एमालेका वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकी ४९६ मत ल्याइ बिजयी भएका छन् । भने उनका निकटम प्रतिद्वन्द्वी सद्दाम सिद्दिकिले ३८७ मत प्राप्त गरेका छन् । त्यसै गरि महिला सदस्यमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी बिक, खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगर र ओम बहदुर थापाले बिजय हासिल गरेका छन् । यसअघि राप्ती गाउँपालिका वडा नं. ९ मा वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर सहित उनको प्यानल नै विजयी भएको छ । भने दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका रमेश भण्डारीसहित उनको पुरै प्यानल विजयी भईसकेको छ ।