
हापुरे,बैशाख ३० गते ।
दाङको बबई गाउँपालिकाका ७ वटै वडाका मत पेटिका बबई गाउँपालिकाकाे निर्वाचन अधिकृतकाे कार्यालयमा आईपुगेका छन्। अहिले सबै राजनीतिक दलका प्रतिनिधिहरुकाे राेहबरमा मत पेटिकालाई सिल गर्ने काम भैरहेकाे र त्यसपश्चात सर्वदलीय बैठक बस्ने तयारी भैरहेको बबई गाउँपालिकाका निर्वाचन अधीकृत दिनेश अधीकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्वदलीय बैठक पश्चात् खाना खाने लगत्तै करिव साढे ११ बजेबाट मत गनणा सुरु हुने बताएको छ । मत गणना वडा नम्बर १ र २ काे एकैपटक सुरु हुने अधीकृत अधीकारीले जानकारी दिनुभयो ।

