हापुरे बैसाख ३० गते ।दाङकाे बबई गाउपालीकामा मतदान सकीएको छ । बबई गाउँपालिकाका सबै मतदान स्थलहरुमा शान्तिपुर्णरुपमा मतदान भएको छ । बिहान ७ वजे देखी सुरु भएको मतदान बेलुकी ५ वजे सम्पन्न मतदानमा २२ हजार १ सय ४४ मतदाता मध्य १५ हजार ४ सय २४ जनाले मतदान गरेका छन् ।

वडा नम्बर १ मा मतदाता २ हजार ४ सय १२ मतदाता संख्या रहेकोमा १ हजार ५ सय ६८ मत खसेको छ। गाउँपालिकाकाे वडा नं.२ मा कुल मतदाता ३ हजार ५७ रहेको मा २ हजार ८६ मत खसेकाे छ । त्यस्तै वडा नम्बर ३ मा २ हजार ५ सय ५४ मतदाता मध्य १ हजार ७ सय ६३ जनाले मतदान गरेका छन् । यता वडा नम्बर ४ मा ३ हजार ६ सय ५ मतदाता मध्य २ हजार ४ सय ८६ जनाले मतदान गरेका छन् ।

वडा नम्बर ५ मा जम्मा ४ हजार ७६ मध्य २ हजार ८ सय ७८ मत खसेको बताईएको छ । उता वडा नम्बर ६ मा ३ हजार ४सय ३८ मतदातामा २ हजार ४ सय ९८ जनाले मतदान गरेका छन भने वडा ७ मा ३ हजार १ सय ९४ मतदातामा २ हजार १सय ४० मत खसेको हाम्रा सहकर्मीहरुले जानका्री दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर