हापुरे, बैसाख ३० गते। दाङको बबई गाउँपालिका वडा नम्बर ५ अन्तरगत जनकल्याण मावी पदमपुरमा ७ सय ६४ मत खसेकाे छ। बिहान सवा सात बजे देखि सुरु भएको मतदानमा १२ बजेसम्म ७ सय ६४ मत खसेकाे मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

माबी पदमपुरमा दुई वटा बुथकेन्द्र निर्धारण गरेर मतदान भैरहेको छ। बुथकेन्द्र ´क` मा १ सय ७२ पुरष र २ सय २८ महिला गरि ४ सय जनाले मतदान गरेकाे बुथकेन्द्र ´क` का मतदान अधिकृत केशब गाैतमले जानकारी दिनुभयो । यता बुथकेन्द्र ´ख` मा १ सय ५६ पुरुष र २ सय ८ महिला गरि जम्मा ३ सय ६४ जनाले मतदान गरेकाे बुथकेन्द्र ´ख` का मतदान अधिकृत रमा कुमारी पराजुलीले जानकारी दिनुभयाे ।

गाउँपालिकाकाे वडा नम्बर ५ मा ४ हजार ७६ मतदाता रहेकोमा २ वटा मतदान केन्द्र ताेकिएकाे छ। आबि बबरपुरमा २ हजार २ सय पाच मतदाता छन् भने माबि पदमपुरमा १ हजार ८ सय ७१ मतदाता रहेका छन्। वडा नम्बर ५ मा ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर