
दाङ, बैशाख ३०।
दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनबाट मेयरका लागि उम्मेदवार बन्नुभएका गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ। तुलसीपुर-५ सल्यान रोड स्थित बिहीबार राति साढे सात बजे तिर उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुइवटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डिएसपी श्याम अर्यालले बताउनुभयाे ।
दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको बम भने नक्कली भएकाले कुनै मानवीय र भौतिक क्षति भएको छैन ।स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बम प्रहार भएपनि कसले गरेको भन्ने कुनै तथ्य नखुलेको र अनुसन्धान भइरहेको डिएसपी अर्याले बताउनुभयो ।


आज देशका ७ सय् ५३ स्थानीय तहमा निर्वाचन हुँदै छ । गठबन्धन गरेर तुलसीपुरको मेयरका लागि काँग्रेसबाट गिरी र उपमेयरमा नेकपा एकिकृत समाजवादीबाट जोगबहादुर राना उम्मेदवार हुनुहुन्छ ।