दाङको बवई नदीमा छुट्टा छुट्टै स्थानमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा बस्ने १५ वर्षीय गौरब सुवेदी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिहिवार दिउँसो पौउने २ बजे दंगीशरण ४ बैबाङ स्थित बवई नदीमा पौडि खेल्न पुगेका सुवेदी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

त्यसैगरी बवई नदीमा पौडि खेल्ने क्रममा डुबेर एक जना किशोर वेपत्ता भएको प्रहरीले बताएको छ । बिहीबार दिउँसो १ बजेको समयमा बबईमा नुहाउन गएको समयमा एक किशोर वेपत्ता भएको प्रहरीले बताएको छ । वेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने १६ वर्षीय प्रसान्त वली रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरा मामा घर पुजामा गएका वली बवई नदीमा डुवेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । अहिले घटना स्थलमा प्रहरी,स्थानीय लगायतको टोलीले किशोरको खोजीकार्य जारी राखेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर