
नेकपा एमालेका उपाध्यक्ष युबराज ज्ञावालीले आगामी बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट प्रमादेशको गठबन्धन सरकार पत्तासाप हुने बताउनु भएको छ । नेकपा एमाले बबइ गाउँ कमीटीले हापुरेमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेता ज्ञवालीले २०४८ सालमा देशमा ठुलो शक्तिका रुपमा रहेको काँग्रेस अहिले नेकपा माओबादीमा विलिन हुन लागेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा गाउँपालिकाका अध्ययक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेलले तयारी अबस्थामा रहेका एक हजार ६५ लालपुर्जा प्रमादेशको सरकारका कारण वितरण हुन नसकेको बताउदै एमालेको सरकार आएमा सबै भुमिहिनहरु जग्गाको मालिक हुने बताउनु भयो । बबई गाउँपालिकामा फेरी पनि एमालेको सरकार आउने डरले नेपाली काँग्रेस र माओवादीले भुमिहिनहरुका बिरुद्ध लागेर लालपुर्जा वितरणमा अबरोध गरेको बताउनु भयो । उहाँले मतदान गोप्य हुने भएकाले सर्वहारा जनताको नेतृत्व गर्ने पार्टि एमालेका उम्मेदवारलाई ढुक्क संग सुर्य चिन्हमा मतदान गर्न काँग्रेस तथा माओबादीका कार्यकर्तालाई समेत आग्रह गर्नुभयो ।


त्यस्तै एमालेका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार साबित्रा विश्वकर्माले चुनावका बेला दलितहरुलाई लाचार बनाउन खोज्ने प्रति सचेत रहन आग्रह गर्नुभएको छ । दलितका मतहरु पैषा संग दाँज्ने भीडको कमी नभएकाले त्यस्ताको पछाडी नलागेर आफ्नो मतलाई निर्णायक बनाउन सुर्यमा मतदान गर्न आग्रह गर्नु भयो । नेकपा एमालेका बबई अध्यक्ष टंकराज बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार टेकबहादुर वलीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव धनबहादुर डाँगीले गर्नुभएको थियो ।।