
नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका अध्यक्ष पदका युवा उम्मेदवार प्रमोद बस्नेतले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समृद्ध शान्तिनगर बनाउनका लागि कांग्रेसले जित्नै पर्ने बताउनु भएको छ ।
अध्यक्ष पदका उम्मेदवार बस्नेतले शुक्रवार शान्तिनगरको वडा नम्बर २ मा गरिएको ¥याली पश्चात भएको कोणसभा लाई सम्बोधन गर्दै बस्नेतले भन्नुभयो “कांग्रेसले चुनाव जित्छ तपाईं हरु ढुक्क हुनुहोस अब शान्तिनगर गाउँपालिकाले बिकास निर्माणमा फड्को मार्छ” उक्त कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार प्रेमा बुढाथोकी केसी, वडा नम्बर २ बाट अध्यक्ष पदका उम्मेदवार टोपेन्द्रा खडकाले पनि कांग्रेस उम्मेदवार लाई जिताउन मतदाता समक्ष आग्रह गर्नु भएको छ ।


आजै अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले वडा नम्बर ५ र वडा नम्बर १ को विभिन्न स्थानहरुमा घर दैलो कार्यक्रम लाई निरन्तरता दिनु भएको छ । वडा नं. २ मा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र को तिब्र प्रतिस्पर्धा रहेको छ ।