
नेपाली कांग्रेसका उम्मेदवारहरुले हापुरे वजार सरसफाई गरेका छन् । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा काँग्रेसका उम्मेदवारहरुले वजार सरसफाई गर्न उम्मेदवारहरु झाडु समाएर सडकमा आएका हुन । स्थानिय निर्वाचनको संघारमा राजनितिक दलहरुले कतै वजारका सरसफाई गर्दै कतै घर दैलो गर्दै जनता संग भोट मागिरहेका छन् ।
नेपाली कांग्रेसका् तर्फबाट बबई गाउँपालिकामा काँग्रेसका पुराना तथा अब्बल नेताको रुपमा चिनिने कुलबहादुर खत्री अध्यक्ष पदमा र बम कुमारी खड्का उपाध्यक्षले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । सरसफाईमा काँग्रेसका वडा नम्बर ५ का अध्यक्ष पदका उम्मेदवार हर्क बहादुर सिरिस लगाएतकाकाे उपस्थिती रहेकाे थियाे ।


बबई गाउँपालिकाको विभिन्न घर घरमा भोट माग्दै सुगम देखि दुर्गम ठाउँ सम्मका जनतालाई स्थानीय सरकारको महसुस गराउने उद्येश्यका साथ चुनावमा आएको बताउनु भएको छ । बबई गाउँपालिकालाई साचिकै हाम्रो, राम्रो, सुन्दर अनि विकसित गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्य लिएको उहाँले बताउनु भयो ।