
कुमारी बैंक लिमिटेडले पश्चिम दाङको हापुरेमा एटिएम सेवा सुरु भएको छ । बिगत लामो समय देखी बैंकिङ सेवा दिदै आएको राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त बैंकले हापुरे वजारमा पहिलो पटक एटिएम बुथको स्थापना गरि सेवा सुरु गरेको शाखा प्रवन्धक निर्मल पौडेलले बताउनु भयो ।


पौडेलका अनुसार एटिएम सेवाले ग्राहकहरुलाई बैंकिङ कारोवारमा सहजता आउने बताईएको छ । एटिएमबाट पैसा आवश्यक परेको बेला बैंक बन्द भएको बेला पनि आबश्यक्ता अनुसार पैसा झिक्न सकिने भएकाले एटिएम सेवा प्रभावकारी हुने बताईएको छ । सेवा सुरुभएकाले पैसा निकाल्न कै लागी बैंकमा लाईन लाग्नु पर्ने अबस्थाको अन्त्य भएको छ ।