सल्यानको छुट्टाछुट्टै स्थानमा रुख र भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट लडेर कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर बिहीबार मृत्यु भएको हो ।

आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

यसैगरी शारदा नगरपालिका–९ मेलटाकुरीकी ७१ वर्षीया लती बोहराको रूखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बुधबार बिहान बारीमा घाँस काट्न गएकी बोहरा लडेर घाइते भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर