नेकपा एमालेको तर्फबाट शान्तिनगर गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार विष्णु केसीले शान्तिनगर गाउँपालिकाको बिकास र समृद्धिका लागी अब नेकपा एमालेको बिकल्प नभएको बताउनु भएको छ । शान्तिनगरका बिभिन्न वडामा सम्पन्न भएका चुनावी सभालाई सम्वोधन गर्दे उममेदवार केसीले नेकपा एमाले मात्रै जनता र बिकासको पक्षमा उभिने पार्टि भएकाले सुर्य चिन्हका उम्मेदवारले जितेमात्र समृद्धि आउने बताउनु भएको छ ।

 

अध्यक्षका उम्मेदवार केसी सहित उपाध्यक्ष पदका उम्मेदवार कमला भण्डारी वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षका उम्मेदवारहरुको उपस्थिती रहेको थियो । आज वडा नं. १ को खिलतपुर, वगिया हुँदै आगरनेटा लगाएतका ठाउँहरुमा घरदैलो गरिएको थियो । त्यस्तै वडा नं. २ को छोटे देखि पेदा वाट सुरू गरको घरदैलौ कार्यक्रम रातिपोखरि पुगि कोण सभामा परिनत भई समापन गरेको थियो ।

 

वडा नं. ३ मा केराघारि वाट सुरू गरेको घरदैलौ कार्यक्रम भिउडहर हुँदै हल्देमा पुगि समापन भएकोे थियो । वडा नं. ४ मा पातेटाकुरावाट सुरू गरेको घरदैलौ कार्यक्रम हिरापुर गएर कोण सभमा परिनत भई समापन गरिएको थियो । वडा नं. ५ मा रगैजा वाट सुरू गरेको कार्यक्रम कोटिपुर पुगि समापन गरेको थियो । भने वडा नं. ६ को कोरवाङ, तिल्वारिमा घरदैलो गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर