हापुरे,बैशाख २२ गते। नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ ख का ईन्चार्ज तथा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उमेदवार भुवनेश्वर पाैडेलले २०७४ सालमा गरेका प्रतिबद्धता लगगभग पूरा भएको बताउनुभएको छ। नेकपा एमाले वडा नम्बर १ ले गंगटेमा आयाेजना गरेकाे चुनावी कार्यक्रमलाई सम्बाेधन् गर्दै उहाँले माध्यमिक बिधालय संचालन गर्ने देखि लिएर सडक बाटाे संगै स्वास्थ्य चाैकि स्थापना गर्ने कामहरु गरेकाे बताउनुभएको हाे ।

उहाले ट्वाङखाेला पुलकाे बिषयमा डिपिआर तयार भैसकेको हुदा त्यसकाे निर्माण कार्य सुरु गरिने बताउनुभयो । उहाँले ट्वाङखाेला नेपालगन्ज सडक खण्ड अन्तरगत गंगटे सम्मकाे बाटाे ५ बर्षभित्र कालाेपत्रे गरिने बताउनुभयाे । वडा नम्बर १ मा खानेपानीको समस्या समाधान गर्नका लागि लागि परेको भन्दै २ बर्ष भित्र खानेपानीको समस्या समाधान हुने कुरामा जाेड दिनुभयाे । बबई गाउँपालिकाकाे ४०% भुभाग एैलानी जग्गा भएको बताउदै पाैडेलले भुमीहिन सुकुमबासीकाे हकमा सबैभन्दा सुरुमा बबई गाउँपालिकाले काम थालनी गरेकाे र लालपुर्जा समेत तयार भएको भन्दै अबकाे १ बर्षभित्र सबैकाे हातमा लालपुर्जा पर्ने बताउनु भयो ।

बबई गाउँपालिकाका उपाध्यक्ष पदका उमेदवार सावित्री बिश्वकर्माले चुनावकाे बेला अन्य राजनीतिक दलहरुले छलकपट र सड्यण्त्र गर्न सक्ने भन्दै सचेत बन्न सबैमा अनुराेध गर्नु भयाे । दाङको बिकट क्षेत्र मानिने गंगटेमा पछिल्लो समय बिकासले गति लिएको भन्दै उहाले केहि अधुरो कामलाई पूरा गर्न फेरि एकपटक नेकपा एमालेलाई बिजयी बनाउन अनुराेध गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै बबई गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उमेदवार प्रेम बहादुर डागीले यश अघिकाे स्थानिय सरकारले गरेका कामलाई निरन्तरता दिन नेकपा एमालेलाई जिताउनुपर्ने बताउनुभयाे । उहाँले आफू वडा अध्यक्ष पदमा बिजयी भएमा स्थानिय बासीकै सरसल्लाहमा बजेट बिनियाेजन गर्ने संगै बिकाश निर्माणका सबै काम स्थानियकै सरसल्लाह र सुझावका आधारमा अघि बढाउने बताउनु भयाे ।

नेकपा एमाले बबई गाउँपालिका १ निर्वाचन परिचालन समिति संयाेजक खडक बहादुर कुवरकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । नेकपा एमाले बबई गाउँ कमिटी सचिवालय सदस्य नन्दलाल वलीकाे स्वागत मन्तब्यबबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका किर्याशिल सदस्य नेवबहादुर घर्ती, पुर्णकली बिक,राम बहादुर बाेहाेरा,नेकपा एमाले बबई गाउँ कमिटी अध्यक्ष टंकराज बिश्वकर्मा लगायतकाले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन तिलक बिश्वकर्माले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर