
शान्तिनगर गाउँपालिकामा नेकपा एमाले ले आज ७ वटै वडाहरूमा घरदैलाे कार्यक्रम सम्पन्न गरेका छ । नेकपा एमाले शान्तिनगरका सवै वडामा उत्साहजनक सहभागी रहेको थियो । शान्तिनगर गाउँपालिकामा कांग्रेसको स्थानीय सरकारलाई भोगी सकेको बताउदै अब जनताकाे आशाको केन्द्र भनेकाे नेकपा एमाले रहेकाे सहभागीहरु भनाई रहेकाे छ ।
शान्तिनगरमा गत निर्वाचनमा निर्वाचित उम्मेदवारहरूले शान्तिनगरमा विकाश जनताकाे पक्षमा गर्न नसकि असफल भएकाे र शान्तिनगरमा जनपक्षिय काम गर्नकाे लागि नेकपा एमालेकाे स्थानिय सरकार आउन जरुरी रहेक वडा नम्बर ४ का तिलक केसीले वताउनु भयाे । यसै विच शान्तिनगरकाे घर दैलाै कार्यक्रम आम सभा सञ्चालन भएकाे थियाे आम सभा नेकपा ऐमाले शान्तिनगर गाउँपालिका वडा न ४ का अध्यक्ष तिलक केसीको अध्यक्षता तथा नेकपा ऐमालेका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज काेमल वलीकाे प्रमुख आतिथ्यता र नेकपा ऐमाले दाङ जिल्ला ईन्चार्ज तथा नेकपा एमाले शान्तिनगर गाउंपालिका अध्यक्ष पदका उम्मेदवार विष्णु केसीकाे विशिष्ठ आतिथ्यतामा सम्पन्न भएकाे थियो ।


कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार केसिले नेकपा एमालेको स्थानीय सरकार आए समृद्ध शान्तिनगर खुशी शान्तिनगर वासी बताउनु भयो । त्यसका लागी नेकपा एमालेकाे सुर्य चिन्हमा मतदान गर्न सवैमा अनुराेध गर्नुभयाे ।