
आज दिउँसो एक्कासी परेको असिना पानीले आएको बाढीले बगाउँदा गम्भीर घाईते भएकी बबई गाउँपालिका ४ हापुरेकी वालिकाको निधन भएको छ । बबई गाउँपालिका ४ हापुरेकी अन्दाजी १५ वर्षकि सन्ध्या परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि प्रहरी प्रबक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार घाइते वालिकालाई उपचारका लागि तुलसिपुर लगिएको भएपनी अस्पतालमा पुगेलगत्तै मृत्यु भएको बताईएको छ । मृतक वालिकालाई हस्तनापुरको चाईकेरे चोक देखि पुर्व तिरको चिरामा आएको बाढीले बगाएको थियो । परियार हापुरेको मावी पदमपुरमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी रहेको समेत प्रहरीको भनाई छ । प्रहरी प्रबक्ता रिजालका अनुसार मृतकको शव पोस्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा राखिएको छ । पोस्टमार्टम भोलि बिहान मात्रै हुने परिवार स्रोतले बताएको छ ।

