
आज दिउँसो एक्कासी परेको असिना पानीले आएको बाढीले बगाउँदा बबई गाउँपालिका ४ हापुरेकी एक बालिका गम्भीर घाइते भएकी छिन । बबई गाउँपालिका ४ हापुरेकी सन्ध्या परियार गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायव निरीक्षक केशवराज रेग्मीले बताउनु भएको छ ।
उहाँका अनुसार घाइते वालिकालाई उपचारका लागि तुलसिपुर लगिएको छ । घाइते वालिकालाई हस्तनापुरको चाईकेरे चोक देखि पश्चिम तिरको चिरामा आएको बाढीले बगाएको प्रहरीले बताएको छ ।अन्दाजी १५ वर्षकि परियार हापुरेको मावी पदमपुरमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी रहेको समेत प्रहरीको भनाई छ ।

