स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा निर्वाचन कार्यालयहरुले आफ्नो तयारीलाई तिब्रता दिएका छन । यसै क्रममा निर्वाचन अधिकृतको कार्यालय बबई गाउँपालिकाले पालिका भित्रका मतदान स्थलहरुको अनुगमन गरेको छ ।

निर्वाचन अधिकृत दिनेश अधिकारी सहित गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सहायक निर्वाचन अधिकृत भीष्म कुमार मल्ल, सहायक कर्मचारी अरुण कुमार केसी लागएतको टोलीले बबई गाउँपालिकाको वडा नम्बर १ को गंगटे, जिला वडा नम्बर ७ को तल्लो मलाई, चरकमटिया लगाएत वडा नम्बर २, ३,४, ५ र छ का सबै मतदान स्थलहरुको अनुगमन गरिएको कार्यालयका सहायक कर्मचारी अरुण कुमार केसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सबै मतदान स्थलहरु सामान्य अबस्थामा रहेको बताईएको छ । वडा नम्बर २ मा रहेको मतदान स्थलमा भने ठाउँ अलि साघुरो रहेको अनुगमनका क्रममा पाइएको उहाले बताउनु भयो । मतदान स्थलहरुको अन्य पक्ष भने सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर