
नेकपा एमाले शान्तिनगरले ७ वटै वडामा चुनाव प्रचार प्रसार तथा घर दैलो कार्यक्रमलाई तिब्रता दिएको छ । एमाले का तर्फबाट उमेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई रिब्रता दिएका हुन ।
अध्यक्ष पदका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष उम्मेदवार कमला भण्डारी ७ वटै वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरुले घरदैलो तथा चुनावि सभालाईलाई सम्बोधन मार्फत मत मागिरहेका छन । त्यसैगरी वडाका अध्यक्ष र सदस्यले मतदाताको घरदैलोमा गएर एमालेलाई जिताउन आग्रह गरेका छन । यसै क्रममा आज शान्तिनगर ७ काे गैरातिल्वारि , वडा न १ काे हारिचार , वडा न २ काे रातिपाेखरि, ठाटि वडा न ३ काे पातेटाकुरा वडा न ७ काे दुविचाैर , वडा न ६ काे काेरवाङ वडा नं५ काे रगैचा मा घरदैलो गरेको छ । घरदैलोमा मतदाताहरु उत्साहित भएका थिए ।


कार्यक्रममा सवै वडाका उम्मेदवारहरूकाे उत्साहजनक सहभागिका साथ घर दैलाे गरेका थिय । युवायुवती देखि लिएर बृद्धबृद्धाहरुले अध्यक्ष विष्णु केसी र उपाध्यक्ष कमला भण्डारी सहितकाे टाेलिलाई उत्साहका साथ सवै वडाहरूमा सम्मान गर्दै हाम्रा लागि केहि गर्ने भनेकै एमाले भएको भन्दै उत्साहित भएर आर्शिवाद दिने गरेका छन ।