
प्रेस चौतारी शान्तिनगरको तेस्रो बैठक आज जुम्लेकुलामा सम्पन भएको छ । प्रेस चौतारी शान्तिनगरका संयोजक हिमाल बिकको अध्यक्षता तथा जिल्ला सदस्य बिष्णु केसिको प्रमुख अथितिमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले शान्तिनगरले प्रेस चौतारी शान्तिनगरलाई प्रचार साम्रागी हस्तान्तरण गरेको छ। नेकपा एमाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत ७ वटै वडाका अध्यक्ष उमेदवारहरुको आर्थिक सहयोगबाट प्रेस चौतारी शान्तिनगर सङगठन लाई क्यामरा,ल्यापटप ,रेकडर लगायतका सञ्चार सामाग्री हस्तान्तरण गरिएको हो।


प्रेस चौतारी संगठनले आउदो स्थानिय चुनाबमा अग्रसर भएर लाग्ने र आफुहरुका सुचना प्रबाहका साथ अगाडि लैजाने वडा न २ का वडा अध्यक्षका उम्मेद्बार पुर्ण बहादुर ओलिले बताउनु भयो । कार्यक्रममा शान्तिनगरका पालिका तथा वडाका सम्पूर्ण उमेदवारहरुको सहभागिता रहेको थियो। प्रेस चौतारी शान्तिनगरका सदस्य पुर्ण बिबस कुसारिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी शातिनगरका सचिब मोहन बिकले गर्नु भएको थियो ।