पश्चिम दाङको बबई गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएका मध्य १४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्ष पदमा वाघि उम्मेदवारी दिनुभएकी सारदा शाह सहित १४ जनाले समय सिमा भित्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको दिनेश अधिकारीले जानकारी दिनुभएको छ ।

त्यस्तै वडा अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा नं. ३ का वालीराम वली, वडा नं. ६ का रेशम बिक्रम शाह, वडा नं. ६ कै देबिलाल डाँगीले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताईएको छ । त्यस्तै वडा नं. ४ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका जितबहादुर वलीले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत भीष्म कुमार मल्ले बताउनु भयो ।

 

मल्लका अनुसार त्यसै वडा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका वडा नम्बर ५ का मेघराज खत्री, वडा नम्बर ६ का सुस्मा बोहरा, वडा नं. ६ कै केशव वली, वडा नम्बर ३ का चन्द्रकली पुन मगर वडा नम्बर ६ का देबिन्द्र खड्का, दिलबहादुर वली, वडा नं. २ का जितबहादुर खत्री, वडा नं. ४ का रुद्रसिं कामी र वडा नं. ६ का सिता चौधरीले उम्मदवारी फिर्ता लिएको बताईएको छ ।

बबई गाउँपालिकामा जम्मा १ सय ५७ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएका थिए । गाउँपालिका अध्यक्ष पदमा लागी ७ जना, उपाध्यक्षका लायी ६ जना वडा अध्यक्षका लागी ४० जना ५८ जना, महिला सदस्यका लागी २६ जना र दलित महिला सदस्यका लागी २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । ति मध्य १ जना उपाध्यक्ष, ४ जना वडा अध्यक्ष, ३ जना महिला सदस्य र ६ जना वडा सदस्य पदका उम्मेदवार गरि जम्मा १४ जनाले उम्मेदवारी फिर्ता लिएको अरुण कुमार केसीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर