
काठमाडौं बैसाख १६ गते ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिने आज अन्तिम दिन हो । ११ र १२ गते उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा आज साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर फिर्ता लिनुपर्ने ।
त्यसपछि निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन्।


निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली शुक्रबार नै प्रकाशन गरिने बताउनुभयो। त्यसपछि शनिबार उम्मेदवारको निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।