नेपाल कम्युनिस्ट पार्टी एमाले शान्तिनगर दाङको स्थानीय तह निर्वाचन विशेष गाउंपालिका स्तरीय अगुवा कार्यकर्ता भेला शान्तिनगर गाउँपालिकाकाे सभाहल वैसामा सम्मपन्न भएकाे छ । नेकपा एमाले शान्तिनगरका अध्यक्ष धन वहादुर केसीको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पाेखरेलकाे प्रमुख आतिथ्यता तथा नेकपा एमाले पाेलिट ब्युराे सदस्य शुजिता साक्य, केन्द्रीय सदस्य काेमल वलि , घनश्याम पाण्डेकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वाेल्दै प्रमुख अथिति पाेखरेलले दाङ जिल्लाकाे समग्र विकाशकाे लागि नेकपा एमाले सत्तामा रहदा पनि नरहदा पनि दाङकाे विकाश निर्माणमा निरन्तर भुमिका खेलिरहेकाे वताउनुभएकाे छ । पश्चिम दाङ लाई औद्योगिक क्षेत्र तथा खानि उत्खन्ननका रूपमा विकाश गर्न १३२ केभिए प्रसारण विधुत लाईन सञ्चालनमा ल्याई सकेकाे वताउनु भयाे ।

घाेराहि देखि शान्तिनगरकाे पहाडि भेगकाे फेद हुँदै मध्यपहाडि राजमार्गकाे काम समेत सुचारू भईरहेकाे र हिजाे नेकपा एमालेले देखेकाे सपना लाई निरङ्कुस गठवन्धनले खिल्लि उडाए पनि भारत वाट पेट्राेल ल्याउन पाईप लाईनकाे काम भईरहेकाे । सुरूङ मार्ग सञ्चालनकाे काम अब अन्तिम चरणमा पुगि सकेकाे , रेल सञ्चालन भई पुर्व पश्चिम रेल मार्गकाे काम पनि सुरूवात भईरहेकाले हिजाे यी कुराहरू गर्दा कागजकाे रेल गराएर खिल्लि उडाउनेहरु आज जनता सामु जान समेत डराईरहेकाे वताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला कमिट अध्यक्ष हुकुम वहादुर वस्नेत , केन्द्रीय सदस्य घनश्याम पान्डे,काेमल वलि , जिल्ला कमिटि सदस्य तथा नेकपा एमाले शान्तिनगर गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार विष्णु केसी , उपाध्यक्ष पदका उम्मेदवार कमला भण्डारि लगाएतकाले वाेल्नुभएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर