हुम्ला बैसाख १५ गते। हुम्लामा एकजना म्यादी प्रहरी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकाम सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा बस्‍दै आएका अन्दाजी ४५ वर्षीय जस बहादुर रोकायाको मृत्यु शंकास्पद रहेकोले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर