हापुरे, बैसाख १५ गते। नेकपा एमालेका महासचिव संकर पोख्रलेले नेकपा एमाले यतिबेला चौतर्फि घेराबन्दीमा रहेको बताउनु भएको छ । नेकपा एमाले बबई गाउँ कमिटीको आयोजनामा बबई गाउँपालिकाको हापुरेमा आयोजित प्रथम चुनावी आमसभालाई प्रमुख अतिथिको आशनबाट सम्बाेधन गर्दै,पोख्रेलले नेकपा एमालेले गरेको राम्रो काम सहन नसकेर पाँच दलिय गठबन्धनले परमादेशकाे सरकार ल्याएको बताउनुभएको छ। पोख्रेलले आउदो स्थानिय तह निर्वाचनमा नेकपा एमालेले जित्ने अनि सबै कुरा बिस्तारै ठिक हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका तर्फबाट बबईमा अध्यक्ष पदका उमेदवार भुवनेश्वर पौडेलले चुनाव पश्चात् तत्काल भुमीहिन शुकुमबासिका हातमा लालपुर्जा पर्ने बताउनुभयाे । उहाँले बबई गाउपालिकामा तयार रहेका लालपुर्जा गठबन्धन सरकारले आयोग गठन नगरिदिदा हस्तान्तरण गर्न नसकिएको बताउदै एमालेले चुनाव जितेमा तत्काल एमालेकाे सरकारले आयाेग गठन गरेमा मात्रै सुकुम्बासीको हातमा लालपुर्जा पर्ने बताउनुभयो ।

नेकपा एमाले बबई गाउँकमिटी अध्यक्ष टंकराज बिकको अध्यक्षता नेकपा एमालेका महासचिव संकर पोख्रेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेकपा एमालेका तर्फबाट बबईमा अध्यक्ष पदका उमेदवार भुवनेश्वर पौडेल, उपाध्यक्ष पदिकि उमेदवार साबित्रा विश्वकर्मा लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय २१ जना नेकपा एमालेमा प्रबेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर