
दाङको बबई गाउँपालिकाकाे हापुरेमा ४ दिने समुदायमा आधारित समावेसी बिपद जाेखिम ब्यबस्थापन तालिम सम्पन्न भएको छ। नेपाल रेडक्रस साेसाईटी केन्द्रीय कार्यालयकाे सम्वनय,डेनिस रेड्क्रसकाे आर्थिक सहयोग, नेपाल रेडक्रस साेसाईटी दाङ शाखा अन्तरगत समुदायमा उत्थानसिलता अभिबृद्दी परियाेजना ( Encore ) काे आयाेजनामा गत बैशाख ११ गतेबाट सुरु भएको तालिमकाे आज एक कार्यक्रमका बिच समापन गरिएको हाे ।
नेपाल रेडक्रस साेसाईटी दाङ शाखा उप-काेषाध्यक्ष ज्ञान प्रसाद आईतबारेकाे सभापतित्व,तथा बबई गाउँपालिकाका कार्यवाहक अध्यक्ष नन्दलाल वलिकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे बिशिस्ट अतिथिकाे रुपमा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल र नेपाल रेडक्रस साेसाईटी पञ्चकुले उपशाखा शभापति जुद्दबिर खाम्चा हुनुहुन्थ्यो ।


समापन कार्यक्रममा बंबई गाउँपालिका बिपद ब्यबस्थापन समिति संयाेजक भुवनचन्द बालान, समुदायमा उत्थानशिलता अभिवृद्धि परियोजना दाङका संयोजक जगत तामाङ सहभागीका तर्फबाट हिरा चाैधरी, ईन्द्रलाल खाम्चा,लिला बिक लगायतकाले बाेल्नुभएकाे थियाे कार्यक्रमकाे संचालन देबि प्याकुरेलले गर्नुभएको थियाे ।