नेकपा एमाले बबई गाउँ कमिटी वडा नम्बर ५ काे बैठक हापुरेमा सम्पन्न भएको छ। नेकपा एमाले बबई गाउँ कमिटी वडा नम्बर ५ का अध्यक्ष शिव प्रसाद भण्डारीकाे अध्यक्षतामा सम्पन्न बैठकले आगामी स्थानिय तहकाे निर्वाचनमा वडा नम्बर ५ काे टिमलाई लाई सफल बनाउन मान बहादुर वंसीकाे संयाेजकत्वमा ९ सदस्यीय युवा कमिटी गठन गरेकाे छ। कमिटीकाे सह-संयाेजकमा लिलाधर भण्डारी रहनुभएकाे छ।

साथै बैठकले शिव प्रसाद भण्डारीकाे संयाेजकत्वमा आर्थिक परिचालन समिति समेत गठन गरेकाे छ समितिले आसन्न स्थानिय चुनावकाे समयमा हुने सम्पूर्ण गतिविधि सञ्चालन गर्ने बताईएकाे छ। बैठकले चुनावी प्रचारप्रसार सहजरूपमा सम्पन्न गर्न हापुरे,बबरपुर र जाैवारीमा चुनावी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

आउदाे स्थानिय तहकाे निर्वाचनका लागि,नेकपा एमालेका तर्फबाट वडा नम्बर ५ मा अध्यक्ष पदका उमेदवार धनसिङ खत्री,खुला सदस्यमा रुद्र सिङ गाहा मगर र भिम बहादुर खड्का महिला सदस्यमा नाेखी डाँगी र दलित महिला सदस्य सावित्रा सुनार प्रतिस्पर्धामा हाेमिदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर