
नेकपा एमाले महासचिव शंकर पोखरेल दाङ आउनु हुने भएको छ । दाङका दशवटै पालिकामा निर्वाचनलाई लक्षित गरेर चुनावी सभालाई सम्बोधन गर्न महासचिव दाङ आउन लाग्नु भएको एमाले दाङका अध्यक्ष हुकम बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतका अनुसार १४ गते बुधबार दिउँसो १ बजे राजपुरमा, २ बजे गढवामा ४ बजे राप्तीमा, ६ बजे लमहीमा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी १५ गते बिहीबार ९ बजे दंगीशरणमा, ११ बजे बबईमा, १ बजे शान्तिनगरमा र ३ बजे तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरिएका चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । यसैगरी महासचिव पोखरेलले १६ गते शुक्रबार घोराही र बंगलाचुलीमा आयोजना गर्न लागिएको चुनाबीसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


यसका साथै महासचिव पोखरेलले नेता कार्यकर्ता, शुभेच्छुकसँग भेटघाट तथा जिल्लाको निर्वाचन तयारी सम्बन्धि जानकारी लिने र निर्देशन दिने, प्रेस चौतारी दाङको आयोजनामा पत्रकार सम्मेलनमा सहभागि हुने कार्यक्रम रहेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
महासचिव पोख्रेल दाङमा आउन लागि रहेकाले सबै ठाउँमा हुने चुनाबीसभालाई भव्य बनाउनका लागि एमाले दाङले व्यापक तयारी अगाडी बढाएको छ । सबै पालिकामा चुनाबीसभा हुन लागि रहेको र उमेदवारहरु समेत प्रचारप्रसारमा रहेकाले पालिकाकेन्द्रीत उपस्थिति हुने एमालेले जनाएको छ । कार्यक्रमको पालिका संयोजन पालिका कमिटीले गर्नेछ । एमालेले महासचिव पोख्रेलको उपस्थितिमा आयोजना गर्न लागि रहेको चुनाबीसभामा उपस्थितिका लागि एमाले दाङले सबैमा अनुरोध गरेको छ ।