
हापुरे वैशाख ११ गते । दाङको बबई गाउँपालिका ४ हापुरेमा सञ्चालित मातामनकामना पाेलिकिल्निक प्राली पछिल्लो समय बिरामीहरु पहिलाे राेजाई बन्न थालेकाे छ। दैनिक रुपमा एमबिबिएस डाक्टर सहितको अत्याधुनिक प्रबिधि सहितको उपचार संगै प्रत्येक हप्ता बिशेषज्ञ डाक्टरहरु आउन थालेपछि बिरामीहरु मातामनकामना खाेज्दै आउन थालेको प्रालिका सञ्चालक किशाेर गाैतमले बताउनुभयो ।
प्रालिले आज २६ जना हाड जाेर्नी नसा तथा बाथ राेगका बिरामीहरुकाे चेकजाँच तथा उपचार गरेको छ। हाड जाेर्नी नसा तथा बाथ राेग बिशेषज्ञ डाक्टर रामलाल चाैधरीद्वारा १४ जना महिला र १२ जना पुरुष गरि २६ जना हाड जाेर्नी नसा तथा बाथ राेगका बिरामीहरुकाे चेकजाँच तथा उपचार गरिएको हाे ।

