हापुरे वैशाख ११ गते। पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ४ मा सञ्चालित सामुदायिक रेडियो हापुरे ९ ओैं वर्षमा प्रवेश गरेको छ। अशल शासन संरक्षण मञ्चद्वारा सञ्चालित सामुदायिक रेडियोले २०७१ वैशाख ११ गतेबाट नियमित प्रशारण सुरु गरेको थियाे । रेडियोले नियमित प्रशारण थालेकाे ८ बर्ष पूरा भई ९ ओैं बर्षमा प्रवेश गरेको अवसरमा आज एक कार्यक्रमका बिच ७ जना जेष्ठ नागरिकलाई रेडियो सेट बितरण गर्दैं ८ ओैं वार्षिकोत्सब मनाएको हाे।

सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्यालले सामुदायिक रेडियोले समुदायकाे बाेली बाेल्नुपर्ने बताउनुभएको छ। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बाेल्दै बस्यालले सामुदायिक रेडियोले समुदाय संग जाेडिएका सानासाना कुरा हरुलाई पनि नजिकबाट केलाएर आम श्राेतामाझमा पुर्‍याउनुपर्ने बताउनुभएकाे हाे ।

सामुदायिक रेडियो हापुरेका संचालक समिति अध्यक्ष ज्ञानप्रसाद आईतवारेकाे अध्यक्षता तथा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्यालकाे प्रमुख आतिथ्यतामासम्पन्न कार्यक्रममा जेष्ठ नागरिकहरु अनन्त वली,धनिराम थारु,कुल बहादुर खत्री,सन्तबहादुर कठायत,नन्दलाल खत्री र माेहलाल वलीलाई रेडियो सेट बितरण गरिएको थियाे। रेडियो सेटबाट रेडियो सुन्ने प्रचलन हराउदै गएको बेला आफुहरुलाई रेडियो सेट बितरण गरिएकोमा जेष्ठ नागरिकहरुले खुसि ब्यक्त गरेका छन् ।

रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका लुम्बिनी प्रदेश सचिव बालकृष्ण पाण्डे,बबई गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम बहादुर डाँगी,वडा नम्बर ३ का वडा अध्यक्ष नन्दलाल वली,ईलाका प्रहरी कार्यालय हापुरेका पटुराम चाैधरी,लगायतकाले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे संचालन सामुदायिक रेडियो हापुरेका संचालक समिति सचिव अर्जुन परियारले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर