दाङको बबई गाउँपालिमा आउदो ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि बबई गाउँपालिकामा स्थापना भएकाे निर्वाचन अधिकृतकाे कार्यालयमा १५ जनाले उमेदवारी दर्ता गराएका छन् । देशभर आज र भोलि मनोनयन दर्ता हुने कार्यक्रम तय भए अनुरुप बबई गाउँपालिकामा पनि आजदेखि उमेदवारी दर्ता सुरु गरिएको बबई गाउपालिकाका निर्वाचन अधिकृत दिनेश अधिकारीले जानकारी दिनुभयो ।

आज भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्ष पदका लागी ३ जना, उपाध्यक्ष पदका लागी १ जना, वडा अध्यक्षका लागी ६ जनाको उम्मेदवारी दर्ता गरिएको सहायक निर्वाचन अधिकृत भीष्म कुमार मल्लले जानकारी दिनु भएको छ । अधिकृत मल्लका अनुसार आज महिला सदस्यका लागी १ जना र खुल्ला सदस्यका लागी ४ जना गरि जम्मा १५ जनाको उम्मेदवारी परेको छ ।

गाउँपालिका अध्यक्षका लागी राप्रपावाट बेकमान डाँगी, मंगोल नेशनल अर्गनाइजेसन बाट गणेश बहादुर चौधरी र स्वतन्त्रबाट भक्तबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएको अधिकृत मल्ले जानकारी दिनु भयो । त्यस्तै उपाध्यक्षमा राप्रपा बाट दिप कलि कँडेलको उम्मेदवारी परेको छ । त्यस्तै वडा अध्यक्षको पदका लागी राप्रपाबाट वडा नं. २ मा पवित्रा डाँगी र वडा नं. २ को वडा अध्यक्षमा स्वतन्त्रबाट डम्बरबहादुर गिरीको उम्मेदवारी परेको छ । त्यस्तै वडा नं.४ को वडा अध्यक्षका लागी हरि प्रसाद पौडेलले स्वतन्त्रबाट उम्मेदवारी तर्दा गराउनु भएको छ भने वडा नं. ४ को सदस्य पदका लागी स्वतन्त्रबाट हर्कबहादुर बिकले मनोनयन दर्ता गराउनु भएको छ ।

वडा नं. ५ को वडा अध्यक्ष पदका लागी राप्रपाबाट लोक बहादुर क्षेत्रीले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै वडा नं. ५ को सदस्य दपका लागी राप्रपाबाट तुल्सी थापाको उम्मेदवारी दर्ता भएको छ । वडा नं. ६ को वडा अध्यक्षका लागी राप्रपा बाट बेदप्रकास डाँगीको उम्मेदवारी परेको छ भने वडा नं. ७ को वडा अध्यक्ष पदका लागी मंगोल नेशनल अर्गनाइजेसन बाट कर्ण बहादुर चौधरीको मनोनयन दर्ता भएको बताईएको छ । अन्य सदस्यका लागी पनि मनाेनयन दर्ता भएकाे बताईएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर