दंगिशरण गाउँपालिकामा १ नम्बरमा स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएका छन् । गाउँपालिकाको वडा नं. ७ को वडा अध्यक्ष पदका लागी शोभाराम बिकले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । बिकका अनुसार राज्यका सबै निकायमा यूवाहरुले नेतृत्व गर्नु पर्ने बताईएको छ ।

 

स्वतन्त्रबाट दंगिशरण गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका बिकले आफ्नो उम्मेदवारी जनताको बिकासका लागी भएको बताउनु भएको छ । बिगत लामो समय देखी नेपालमा राजनितिक दलहरुले नेतृत्व गर्दै आएको तर हाल सम्म पनि समाजलाई सहि दिशामा लग्न असफल भएको बताउदै आफुले समाज परिवर्तनका लगाी निर्वातनमा भाग लिन लागेको बताउनु भएको छ ।

राजनितिक दलहरुको काम गर्ने शैलीबाट आजित भएका जनताले अहिलेको चुनावमा अत्याधिक बहुमतले आफुलाई विजयी गराउनेमा बिश्वस्त रहेको समेत बिकले बताउनु भयो । निर्वाचन जिते पश्चात जनताले देख्ने गरि बिकास गर्ने समेत उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर