
शान्तिनगर गाउँपालिकामा आज प्रेस चौतारि शान्तिनगर शाखाको सञ्चार डेक्स स्थापना भएको छ । प्रेस चौतारि शान्तिनगरका संयोजक हिमाल विकको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला कमिटि सदस्य विष्णु केसीको प्रमुख आथित्यतामा उत्घाटन गरिएको हो । प्रेस चौतारी नेपालले वैशाख ३० गतेको स्थानिय निर्वाचनलाई लक्षित गरि सवै स्थानिय तहका वडाहरुमा एक वडा एक प्रेस चौतारि सदस्य खटाउने निर्णय गरेको छ।
सोही अनुसार शान्तिनगर गाउँपालिकाका प्रेस चौतारीका सदस्यहरुलाई प्रत्यक वडामा खर्टाइएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार संग हिमाल बिक, उपाध्यक्ष संग सुरक्षा चौधरी वडा न १ मा देव वहादुर वलि , वडा २ मा चित्र वहादुर केसी , वडा न ३ मा गणेश वलि, वडा न ४ मा विनोद केसी, वडा न ५ मा मोहन बिक, वडा नं. ६ मा मनविर रिजाल र वडा नं. ७ मा रेशम अधिकारी र डेस्क प्रमुखमा पुर्ण कुसिरि लाई जिम्मेवारि दिएको छ ।


कार्यक्रममा वोल्दै केसीले निर्वाचनमा जति जिम्मेवारी प्रतिनिधिको हुनेगर्दछ त्यो भन्दा जिम्मेवार प्रेस चौतारिका साथिहरूको महत्वपूर्ण भुमिका रहेकाले निर्वाचनको डटेर सामना गर्नुपर्ने वताउनुभयो । उत्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य दिपक चन्द, पुर्ण वहादुर वलि , नेकपा एमाले शान्तिनगर गाउपालिका अध्यक्ष धन वहादुर केसी लगाएतकाको उपस्थिति रहेको थियो । प्रेस चौरिका सदस्य पुर्ण कुसारिको स्वागत मन्तब्य वाट सुरूभएको कार्यक्रमको सहजिकरण सचिव मोहन बिकले गर्नुभएको थियो ।