
पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा गठबन्धनको भागबन्डा मिलेको छ । शान्तिनगर गाउँपालिकामा हुने स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा माओबादी केन्द्रले उपाध्यक्ष पाउने भएको छ ।
आज बसेको गठबन्धनको बैठक बाट गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्षहरुको भागबन्डा लिखित रुपमा मिलाईएको हो । त्यस्तै शान्तिनगर गाउँपालिकामा वडा नं. १, ५ र ७ माओवादी केन्द्रले र २, ३, ४ र ६ मा काँग्रेसका उम्मेदवारले चुनाव लड्ने सहमती भएको छ । नेकपा एसले भने कुनै पनि वडामा अध्यक्षको उम्मेदवार पाएको छैन ।

