
हापुरे,वैशाख १० गते। बबई गाउँपालिकामा नेकपा एमालेका ३ वटा वडाका उमेदवाररु प्रचारप्रसारमा लागेका छन् । गाउँपालिकाका वडा नम्बर दुई,छ र सातका वडा अध्यक्ष सहितका उमेदवारहरुले प्रचारप्रसारलाई तिब्रता पारेका हुन।
वडा नम्बर २ का वडा अध्यक्षका उमेदवार मानबहादुर वली नेतृत्वको टाेली, वडा नम्बर ६ मा राम बहादुर डाँगी नेतृत्वकाे टाेलि र ७ मा जक्त बहादुर बस्नेत नेतृत्वकाे टाेली प्रचारप्रसार जुटेका हुन् ।


उनिहरु नेकपा एमालेबाट निर्बिराेध रुपमा उमेदवारमा सिफारिस भएका थिए, गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष वडा नम्बर एक,तिन,चार र पाँचका उमेदवारकाे भने टुंगो लाग्न बाकि रहेको छ ।