
दाङ वैशाख १० गते ।दंगाली गजलकार वसन्त ओली वसन्तीकाे गजल संग्रह बाेई काे गृह बिमाेचन कार्यक्रम नरायणपुरमा हुने भएको छ। २०७८ चैत्र १२ गते काठमाडौं स्थित राष्ट्रिय नाचघर जमलमा ओैपचारीक रुपमा लाेकार्पण गरि देशका विभिन्न ठाउमा कृति बिशेष कार्यक्रम गरिरहेका गजलकार बसन्तले गृह जिल्लामा भने पहिलोपटक कार्यक्रम गर्न लागेका हुन।कार्यक्रम नारायणपुर उधाेग बाणिज्य संघको सभाहलमा आज शनिवार दिउँसो ३ बजे सुरु हुने बताईएकाे छ।
न्यु स्टार फुटबल एकेडेमी नारायणपुरकाे आयाेजना तथा गजल अभियान दाङको सम्वनयमा सञ्चालन हुने कार्यक्रमको विशेष सहयाेगिकाे रुमा युवा समाजसेवी तथा खेलप्रेमी अनिल डाँगी रहनुभएकाे छ भने प्रायाेजकका रुपमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरका संरक्षक तथा समाजसेवी बसन्त श्रेष्ठ,युवा व्यवसायी तथा नागरिक उनमुक्ती पार्टीका केन्द्रीय सदस्य हिम्कलाल चाधरी रहनुभएकाे छ ।


कार्यक्रमकाे सहप्रायोजकमा जी–मार्ट नारायणपुर, बिजय मेडिकल स्टोर,फ्रेन्ड् वयर बिजी मार्केट घोराही र सिमरन व्युर्टीपार्लर नारायणपुर रहेका छन् । मिडिया पार्टनरमा साहारा अनलाइन खवर र कनिका खवर अनलाइन रहेका छन् । फुटवल प्रशिक्षण सहयोगार्थ सञ्चालन हुन लागेको कार्यक्रम मा गजल संग्रहको बिमोचनसंगै बिभिन्न सांस्कृकि कार्यक्रमहरु पनि हुने आयाेजकले जनाएको छ।