
नेकपा एमाले शान्तिनगर गाउँपालिका वडा न ३ भलानेटिमा आज पार्टी सम्पर्क कार्यलय उत्घाटन तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष गंगाराम वस्यालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस तथा अन्य पर्टि परित्याग गरि ६० जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य विष्णु केसी, तुलसा पोख्रेल, दिपक चन्द , पुर्ण वहादुर वलि , प्रेस चौतारि दाङ का जिल्ला सदस्य तथा शान्तिनगर गाउपालिकाका सयोजक हिमाल विक शान्तिनगर गाउँपालिका नेकपा एमाले पार्टि अध्यक्ष धन वहादुर केसी लगाएतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अथिति वलिले अब समृद्ध वडा र देश विकासका निम्ति नेकपा एमाले लाई विजयी गराउनु पर्ने धारणा ब्यक्त गर्नु भयो । नेकपा एमालेले ३ वर्ष सरकार चलाउदा शान्तिनगर गाउपालिकाले केन्द्र र प्रदेश सरकारले वजेट हाल्न खोज्दा स्थानिय सरकारले सिफारिस समेत नदिई विकास निर्माणको कार्यबाट पछाडि पारेको समेत आरोप लगाउनु भयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य विष्णु कसी, जिल्ला कमिटि सदस्य दिपक चन्द , लगाएतकाले वोल्नु भएको थियो । नेकपा एमाले शान्तिनगर गाउपालिका वडा नं. ३ का उपाध्यक्ष लोक वहादुर वलिको स्वागत मन्तव्य वाट सुरू भएको कार्यक्रम को सहजिकरण वडा सचिव वालाराम वलिले गर्नु भएको थियो ।

