राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको अन्त्य नहुँदा सम्म देशको विकास नहुने बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तुलसीपुरमा आयोजना भएको सभालाई सम्वोधन गर्दै शाहीले देशबाट भ्रष्टाचार अन्त्य नहुँदासम्म कहिल्यै विकास हुन नसक्ने बताए ।

‘देशमा धेरै राजनीतिक परिवर्तन भएको भएपनि विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार अन्त्य हुन नसक्नु भएकाृ बताउदे कांग्रेस, एमाले र माओवादी लगायतका अन्य राजनीतिक दलले व्यवस्था परिर्वतनका लागि आन्दोलन गरेपनि भ्रष्टाचार अन्त्यका लागि काम नगरेको बताउनु भयो ।

उहाँले जनताले देशको परिवर्तनको महसुश गर्ने गरि राप्रपाले काम गर्ने भन्दै आगामी निर्वाचनमा जनतालाई भोट दिनआग्रह गर्नु भयो । देशको पहिचान र परिचय हिन्दु राष्ट्र भएको भन्दै उहाँले विदेशीको पछि लागेर देशको पहिचान मेट्न नहुने भन्दै आफ्नो पाटीले जिते राजा सहितको हिन्दु राष्ट्र स्थापना गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर