
शान्तिनगर गाउँपालिका वडा नं. २ चाविकोटमा नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले वडा नं. २ का अध्यक्ष खुम वहादुर वलिको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षत्रिय प्रतिनिधि मोहन थापा , काङ्ग्रेसका क्रियासिल सदस्य छलो खड्का , लिलाराम वलि , कुल वहादुर पुलामि , शुन्तली वलि, तिलसरि वलि ,खगि खड्का ,रूद्र वहादुर पुन लगाएत गरि १० जनाले एमालेमा प्रवेश गर्नु भएको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य विष्णु केसी, दिपक चन्द, पुर्ण वहादुर वलि, शान्तिनगर गाउपालिका अध्यक्ष धन वहादुर केसी लगाएतकाको उपस्थिती रहेको कार्यक्रममा वोल्दै प्रमुख अथिति कोमल वलीले शान्तिनगर गाउपालिका वडा नं. २ को हालको स्थानिय सरकारले चाविकोटको स्थानिय जनतालाई अझ पनि ढुङ्गे युग झै अन्धकारमा राखेको र हाल सम्म पनि विकाश निर्माण सडक, शिक्षा, विजुलिवाट वन्चित गरेको बताउदै एमालेले जिते जनताको चाहाना अनुसारको बिकास अगाडि बढाउने बताउनु भयो । वैशाख ३० गते पछि एमालेको सरकार आउने र जनताको बिकास हेर्ने चाहाना पुरा हुने बताउनु भयो ।

