दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ गाउँपालिका कै पहिलो डिजिटल वडा घोषणा भएको छ। ईको ईनोभेटर्स प्रालिको सहकार्यमा डिजिटल वडाको प्रोफाइल तयार भएपछि आज एक कार्यक्रमका बिच ईको ईनोभेटर्स प्रालिका सञ्चालक सन्देश डिसि र वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतले वडालाई डिजिटल प्राेफाईल सार्वजनिक गर्नुभएको छ ।

 

डिजिटल वडा घोषणा कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो पहिलो चरणमा वडाको घर घरमा गई बिबरण संकलन गरिएको थियो भने दोस्रो चरणमा डिजिटल सिस्टम हस्तान्तरण तथा सञ्चालनका बिषयमा तालिम प्रदान गरिएको थियो । डिजिटल वडा घोषणा भएकोमा ईको ईनोभेटर्स प्रालिका सञ्चालक डिसिले वडाका सबेै कर्मचारीलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

 

शान्तिनगर गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मण प्यारी चौधरीको अध्यक्षतामा तथा वडा अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दयाराम चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य डिल्ली खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर