पश्चिम दाङको बबई गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय बबई गाउँपालिकाको सभाहलमा बिहिवार स्थापना गरिएको हो । आगामी बैषाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनको चुनावी गतिबिधी सञ्चालन गर्न प्रत्यक स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थपना गरिदै छ । सोही अनुसार आज बिहिबार बबई गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

 

बबई गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा मुख्यमन्त्रि तथा मन्त्रि परिषद लुम्विनी प्रदेशबाट दिनेश अधिकारी आउनु भएको छ । गाउँपालिकाको सभाहलमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयबाट स्थानिय तहको निर्वाचनका सम्पुर्ण गतिबिधी सञ्चालन हुने बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सहायक निर्वाचन अधिकृत भीष्मकुमार मल्लले बताउनु भयो । मल्लले शुक्रबार स्थानिय तह निर्वाचनको विषयमा सर्बदलिय बैठक बस्ने समेत बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर