
वालविबाह तथा लैंगिक हिंसा न्यूनिकरण गर्ने जिम्मेवारी समाजमा बस्ने सबै नागरिकको भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । वालविवाह तथा लैंगिक हिंसा सम्बन्धि सामुदायिक सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यसको न्यूनिकरणका लागी प्रत्यक टोल बिद्यालय स्तर सम्म अभियान सञ्चालन गर्नु पर्ने बताएका हुन ।
दंगिशरण गाउँपालिका ३ रावत गाउँमा ठाँटीपौवा छलफल समुहको आयोजना तथा सिड संस्थाको आयोजनामा बुधवार सम्पन्न सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम समुहकी अध्यक्ष सिता चौधरीको अध्यक्षता तथा दंगिशरण गाउँपालिका योजना शशाखा प्रमुख यादव डाँगीको प्रमुख आतिथ्यता एवम महिला मानव रक्षक अधिकार सञ्जालका सचिव पद्मा चौधरीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा बिषय बस्तु संग सम्न्धित गित, गजल, कविता लगायतका जनचेतना मुलक रचनाहरु प्रस्तुत गरिएको थियो । प्रदेशी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सरिता चौधरीले गर्नु भएको थियो भने ईश्वरी कँडेलले कार्यक्रमको उद्धेश्यबारे प्रकास पार्नु भएको थियो ।