जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको छ । यहि बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार एक सुचना जारी गर्दै जिल्लामा टेण्डर स्वीकृत भएका बाहेक अन्य प्रक्रिया ९अमानत आदी० बाट नदीजन्य पदार्थहरु उत्खनन् तथा ओसारपसार नगर्न आग्रह गरिएको छ ।

त्यस्तै प्रदेश तथा पालिका अन्र्तगतका सरकारी कार्यालयका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन कार्यालय समय अवधीमा मात्रै प्रयोग गर्न जारी सुचनामा उल्लेख गरिएको छ । कार्यालय समय भन्दा अन्य समयमा प्रयोग नगर्न भनिएको छ । सरकारी सवारी साधनमा जिल्ला बाहिर जानु परेमा प्रशासनबाट अनुमती लिनु पर्ने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर