
नेपाली कांग्रेस बबई पार्टी कार्यालयमा तालावन्दी गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मनोमानी ढंगले आकांक्षीको नाम सिफारिस गरेको भन्दै तालावन्दी गरेका हुन् । पार्टीमा नेता, कार्यकर्ता तथा आकांक्षीसंग छलफल नगरी मनोमानी ढंगले आकांक्षीको नाम सिफारिस गरेको आरोप लगाएका छन् ।
कार्यसमिती र पधाधिकारीले पहिले सहि र घरमा गएर नाम सिफारिस गरेको भनी आरोप समेत लगाएका छन् । आकांक्षी मध्यका प्रसाराम भुसाललाई चाैधाैँ महाधिवेशनको व्यक्तिगत रिसिबी साध्न माइनिटीङ लुकाएको पनि आरोप लगाएका छन् । उता पार्टी सभापती प्रकास बस्नेतलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

