
हापुरे,वैशाख ०५ गते। दाङको बबई गाउँपालिका वडा नम्बर ६मा ४५ दिने कटाई सिलाई तथा ७ दिने उधमशिलता तालिमको सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालयकाे सहयाेगमा बबई गाउँपालिकाकाे आयाेजनामा सञ्चालित ४५ दिने सिलाईकटाई तथा ७ दिने डल कुसन बनाउने, मेसिन होजियारी तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको हाे । कार्यक्रममा सहभागी हरुलाई सीप सहित प्रबिधी समेत हस्तान्तरण गरिएको थियाे।
घरेलु तथा साना उद्योग, दाङका कार्यालय प्रमुख उमबहादुर वलीकाे अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पाैडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट पार्बती चाैधरी,प्रशिक्षकका तर्फबाट मनप्यारी चौधरी वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर डागी,लगायतकाले बाेल्नुभएकाे थियाे ।


तालिममा बबई गाउँपालिकाभित्रका २७ जनाले डल कुसन, ११ जनाले होजियारी, ५४ जनाले कटाई सिलाई, ८ जनाले ब्युटिपार्लर, प्लम्बिङ, सैलुङ र हाउस वाइरिङ गरी १०० जना सहभागी थिए । तालिम पश्चचात २ जनाको लागि १ सिलाई मेसिन, ११ जनालाइ २ वटा होजियारी मेसिन प्रदान गरिएको थियाे ।